अमेरिकामा एकै दिन ४० हजार जनामा कोरोना • Image Khabar Image Khabar


अमेरिकामा एकै दिन ४० हजार जनामा कोरोना


Imagekhabar
१३ असार २०७७, शनिबार ११:५१

अमेरिकामा एकै दिन ४० हजार जनामा कोरोना

काठमाडौं । अमेरिकामा एकै दिन ४० हजार जना कोरोना संक्रमित भेटिएका छन् ।

यो संख्या अमेरिकामा एकैदिनमा फेला परेको पहिलो पटक हो । अमेरिकाका संक्रमण रोग प्रमुख विज्ञ एन्थोनी फाउजीले अमेरिकामा कोरोनाको गम्भिर समस्या रहेको वताउनुभएको छ ।

फाउजीले कोरोना भाइरस विरुद्धको लडाई समाप्त पार्न सबै एकजुट हुनुपर्ने वताउनुभयो । स्वास्थ्य विज्ञहरुले अमेरिकामा कोरोना संक्रमण समाप्त पार्न अझै धेरै गर्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय अमेरिकाको १६ वटा राज्यमा कोरोना संक्रमणको जोखिम अथ्याधिक रहेको छ ।

अमेरिकामा हालसम्म २४ लाख भन्दा वढी कोरोना संक्रमित भइसकेका छन् भने एक लाख २४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्