 
	    चितवन । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बिहीबार राति कोरोना संक्रमणको पुष्टि भएका उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखि उपचार गरिंँदै आएको थियो ।
उनको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार कैलालीको लालगढ नगरपालिका वडा नम्बर ७ गोदावरीका ५० वर्षीय उनी उपचारका शिलशिलामा भारत गएका थिए ।
क्यान्सरको उपचारका लागि भारत गएका उनी फर्किएर आउने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो ।
भरतपुर कोभिड १९ प्रयोगशालाले उनलाई कोरोना संक्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएका उनको उपचारका क्रममा बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्