२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


पर्वतमा भेटियो विश्वकै दुर्लभ कालीनाग सर्प


0
Shares

पर्वत । पर्वतमा कालीनागको संरक्षण गर्न थालिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीस्थित अलपेश्वर गुफा नजिकै भेटिएको सर्प दुर्लभ कालीनाग भएको पुष्टि भएपछि संरक्षण गर्न थालिएको हो ।

स्थानियले सर्प भेटेपछि सर्प संरक्षक तथा सर्प विषेशज्ञको टोलीलाई खबर गरेका थिए । विषेशज्ञको टोलीले उक्त सर्प पोथी कालीनाग भएको पुष्टि गरेका छन् ।

पोथी कालीनागले बच्चा जन्माउनका लागि फुल सेकेर बसेको अवस्था रहेको सर्प संरक्षक ऋषि बरालले जानकारी दिनुभयो ।

बच्चा कोरल्नका लागि सेकेर बसेका कारण अहिले अन्यत्र स्थानान्तरण गर्न नहुने भन्दै कालीनागलाई त्यही संरक्षण गरी राख्न थालिएको उहाँले बताउनुभयो ।

अत्यन्तै दुर्लभ संसारकै विषालु यो राजगोमन अर्थात् पोथी कालीनाग ११ फिट लम्बाइ तथा साढे ९ किलोग्राम तौलको रहेको छ ।

तराई क्षेत्रमा पाइने सर्प कसरी यस क्षेत्रमा आइपुग्यो भन्ने अनुसन्धान गर्नुपर्ने सर्प संरक्षक बरालको भनाइ छ ।