Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘मिडिया विधेयक फिर्ता नलिए संसदमा मुठभेड हुन्छ’


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मिडिया विधेयक फिर्ता लिन सरकारसंग आग्रह गरेका छन् ।

कांग्रेस काठमाडौ क्षेत्र नं–४ ले आज काठमाडौंमा गरेको जागरण अभियानको उद्घाटन गर्दै उनले मिडिया विधेयक फिर्ता नलिए संसदमा मुठभेडको स्थिति सृजना हुने चेतावनी दिए ।

कांग्रेसले लोकतन्त्रको रक्षाको लागि खबरदारी गर्ने भन्दै नेता खाँणले प्रेस माथिको हस्तक्षेप अस्वीकार्य हुने बताए ।

कार्यक्रममा कांग्रेस नेता गगन थापाले कांग्रेसले कम्युनिष्ट सरकारको अधिनायकवादविरुद्ध जागरण अभियान सञ्चालन गरेको भन्दै सडक र सदनबाट खवरदारी गर्ने बताए । कार्यक्रममा विभिन्न कलाकारहरुले चेतनामुलक सडक नाटक प्रस्तुत गरेका थिए ।