विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार नाघ्यो • Image Khabar Image Khabar


विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार नाघ्यो


Imagekhabar
१२ असार २०७७, शुक्रबार २०:१४

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार नाघ्यो

काठमाडौं, असार १२ । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार ९ सय बढी पुगेको छ ।

साथै कोरोना संक्रमितको संख्या ९७ लाख १७ हजार ५३ बढी पुगेको छ ।

५२ लाख ५३ हजार ६ सय बढी जना निको भइसकेका छन् ।

कोरोना महामारीका कारण सबैभन्दा बढी अमेरिका प्रभवित भएको छ त्यहाँ २५ लाख ४ हजार ६ सय बढी संक्रमित भएका छन् ।

एसियामा २० लाख ७७ हजार १ सय बढी संक्रमित छन् भने ५२ हजार ९१ जना बढीको मृत्यु भइसकेको छ ।

अफ्रिकामा ३ लाख ५० हजार ८६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार १०४ जनाको मृत्यु भएको छ ।

ओसियानामा ९ हजार २२४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय २६ बढीकोे मृत्यु भएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्