Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


बहुमत उता, खुशीयाली यताः मोदीको जितमा निशुल्क चिया–नास्ता !


0
Shares

वीरगन्ज । वीरगन्जको पर्यटकीय स्थान घडिअर्वा पोखरीमा शुक्रबार विहान निःशुल्क चिया पिलाइएको थियो ।

चिया पिउनेहरुको पनि भीड लामै थियो । चिया पिलाउनका लागि मात्रै आधा दर्जन चियापाल बसिरहेका थिए , तर त्यहाँ भनिएको थियो–आज चिया निशुल्क ।’

कुरा बुझ्दै जाँदा छिमेकी देश भारतमा दोस्रो पटक प्रधानमन्त्रीमा नरेन्द्र मोदी आउने निश्चित भएपछि त्यही खुशीयालीमा प्रभातकालिन यात्रामा सबैलाई चिया खुवाइएको थियो ।

वीरगन्जको घडिअर्वा पोखरी परिसरमा मोदीलाई जितको शुभकामना दिंदै खुशीयालीमा चियापानको आयोजना भएको हो ।

चुनावको अन्तिम नतिजा नआउँदै वीरगन्जको श्री बजरंग समूहले विहान ब्यायाम गर्न आउनेलाई चिया र नास्ता खुवाएर मोदीको जितमा खुशीयाली मनाएको हो । -नेपाल समाचारपत्र दैनिकबाट