झापा, जेठ १० । रक्षामन्त्री एवं नेकपाका नेता ईश्वर पोखरेलले नेकपाका नेता तथा कार्यकर्ताहरुको विचार एउटै हुनुपर्ने बताएका छन् ।
शुक्रबार झापामा आयोजित एक कार्यक्रममा उनले पार्टी एकतापछि पनि नेता–कार्यकर्ताको विचार फरक–फरक आइरहेको भन्दै त्यसले पार्टीलाई कमजोर बनाउने टिप्पणी गरे ।
एउटै पार्टीको फरक–फरक विचार आएमा पार्टी ‘लैबरी’ तालको हुने पोखरेलको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्