२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कपिलवस्तुमा चट्याङ लागेर ४५ वर्षीय पुरुषको मृत्यु


0
Shares

चन्द्रौटा, असार ११ । कपिलवस्तुमा चट्याङ लागेर शिवराज नगरपालिका – ११ थुनिहाका ४५ वर्षीय सत्यनारायण कुर्मीको बिहीबार अपराह्न मृत्यु भएको छ ।

खेत रोपाइँ गर्न गएका उनलाई चट्याङले लागेर छाती र शरीरको दायाँपट्टिको भाग जलेकाले उपचारका लागि चन्द्रौटामा ल्याउँदै गर्दा बाटैमा ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो । रासस