Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


धम्क्याएर पाँच लाख फिरौती माग्ने दुईजना पक्राउ


0
Shares

काठमाडौं, जेठ १० । महानगरीय अपराध महाशाखाले अपहरणपछि हत्या गर्ने धम्की दिएर फिरौती माग्ने दुईजनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले सिन्धुपाल्चोकका सीताराम कार्कीलाई विभिन्न फोन नम्बरबाट फोन गरेर छोरालाई अपहरण गरी गोली हानेर हत्या गर्ने भन्दै धम्की दिएर रकम माग गर्ने कैलालीका २४ वर्षीय लोकेन्द्र शाही र २० वर्षीय रुवि ठाकुरलाई बिहीबार साँझ गौशालाबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बुद्धनगरमा औषधि पसल सन्चालन गरेका कार्कीसँग रु पाँच लाख नदिए छोरालाई अपहरण गरी हत्या गर्ने भन्दै धम्क्याएर रकम माग्ने दुईजनालाई कार्कीले दिएको निवेदनका आधारमा पक्राउ गरिएको जानकारी दिए ।

महाशाखाले कार्कीलाई धम्क्याउन प्रयोग भएको मोबाइल र सीमकार्डसमेत बरामद गरेको छ ।

पक्राउ परेका दुवैजनासँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाइएको छ । रासस