खाँदवारी नगरपालिकाको ६१ करोड बजेट • Image Khabar Image Khabar


खाँदवारी नगरपालिकाको ६१ करोड बजेट


Imagekhabar
११ असार २०७७, बिहीबार १४:३८

खाँदवारी नगरपालिकाको ६१ करोड बजेट

संखुवासभा, असार ११ । खाँदबारी नगरपालिकाको सात औं नगरसभामा ६१ करोड ८३ लाख ७० हजार रुपैयाँ बराबरको बजेट पेश भएको छ ।

त्यस्तै चिचिला गाँउपालिकाले २६ करोड ३१ लाखको बजेट गाउँसभामा पेश गरेको छ ।

खाँदबारीमा सम्पन्न नगरसभाले कोरोना संक्रमण नियन्त्रण गर्न विशेष प्राथमिकतामा राखेको छ ।

कोभिड–१९ लक्षित कार्यक्रममा संक्रमणको सम्भावना भएका व्यक्तिहरुको परीक्षणका लागि आवश्यक औषधि तथा उपकरण र परामर्शदातासहितको मोबाइल क्लिनिक चलाउने, वडाहरुमा सञ्चालित होम क्वारेन्टिनलाई व्यवस्थित गराउने भन्ने रहेको छ ।

झन्डै २ दर्जन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बाँडफाँड गरिएको प्रमुख मुरारीप्रसाद खतिवडाले बताउनुभयो ।

सहरी सौन्दर्यतालाई व्यवस्थीत गर्ने, बस्ती विकास र अधुरा योजनालाई पनि प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याइने छ ।

खाँदबारी र आसपासका क्षेत्रमा अरुण नदीबाट पानी लिफ्टिङ्ग सिस्टमबाट ल्याइने जस्ता योजना अघि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्