
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी प्रयोगशालाहरुलाई कोरोना परीक्षण गर्न दिने निर्देशिका जारी गरेको छ ।
मन्त्रालयलले संक्रमतिहरुको संख्या बढ्दै गएसँगै दुई साता अघि गरेको निर्णय बमोजिम निर्देशिका जारी गरेको हो ।
सरकारी प्रयोगशालावाट आएको स्वाब मात्र परीक्षण गर्न पाउने व्यवस्थासहित निर्देशिका जारी गरिएको छ ।
पीसीआर परीक्षण गर्न चाहने प्रयोगशालाहरुले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलावाट स्विकृत लिनुपर्ने र तोके बमोजिमको मापदण्ड पूरा गरेको हुनु पर्ने, बायोसेफ्टी लेभल २ को प्रयोगशाला स्थापना गरेको हुनु पर्ने जसमा एक दिनमा २ सय स्वाब परीक्षण गर्न सकिने क्षमता हुनु पर्ने उल्लेख गरिएको छ ।
पुल टेष्टिङ् गराउन नपाइने, परीक्षणका लागि ३ वटा छुट्टा छुट्टै कोठा हुनु पर्ने , परीक्षण पश्चात सबै नमुनाहरु जनस्वास्थ्य प्रयोगशलामा वुझाउनु पर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
सरकारले एक स्वाब परीक्षण बरावर ५ हजार ५ सय रकम दिने व्यवस्था गरेको छ । जसका निजी प्रयोगशलाहरुले एक पटकमा ९६ वटा स्वाब परीक्षण गरे ४ हजार सम्म मात्र लागत लाग्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्