१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


चट्याङ लागेर एकको मृत्यु, दुई घाइते


0
Shares

-केदार कटुवाल/ईमेज
उदयपुर । उदयपुरमा बिहीबार परेको अबिरल वर्षादसंगै परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहीबार ९ बजे त्रियुगा नगरपालिका–१३ असारी बस्ने बर्ष ४५ का कानन चौधरीलाई आफ्नै खेतमा काम गरिरहेको समयमा चट्याङ लागेको हो ।

घाइते चौधरीको उदयपुर जिल्ला अस्पतालमा उचचारको क्रममा मृत्यु भएको हो । सोही वडाको भातिखर्क बस्ने ३१ बर्षीया महिलालाई पनि खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागि जिल्ला अस्पताल उदयपुरमा उपचारत छिन । अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर छ ।

त्यस्तै जोगिपोखरी बस्ने बर्ष ६१ कि तीर्थमाया मगरलाई आफ्नै बङ्गुर फारममा काम गरि रहेको समयमा चट्याङमा परेकी हुन ।

उनको करिब एक लाख रुपैंयाँ बराबरको छ वटा बङ्गुर मरेको छ भने घाइते मगरको स्थानीय उपचार केन्द्रमा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक गोबिन्द पुरिले जानकारी दिनुभयो ।