२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


प्रधानमन्त्रीलाई जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना सम्बन्धी सातवटा अन्तरिम आदेशको पालना नगरेको भन्दै जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको छ ।

अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको अवहेलना मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलालले आदेश पालना नगर्नुको लिखित जवाफसहित १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि सार्वजनिक सरोकारको विषयअन्तर्गत दायर भइ सरकारलाई भएका आदेशको कार्यान्वयन नगरेको भन्दै अधिवक्ता शर्माले सर्वोच्चमा प्रधानन्त्रीविरुद्ध अवहेलना मुद्दामा कारबाही गर्न माग गर्नुभएको थियो ।