१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


वडा अध्यक्षको विरोधले नगरसभा बस्न सकेन


0
Shares

जनकपुर, असार १० । जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरुको विरोधका कारण सो उपमहानगरपालिकाको पांचौ नगरसभा हुन सकेको छैन ।

सभाको तयारीका लागि योजना तर्जुमा सम्बन्धी बैठकमा मेयर लालकिशोर साहले एकलौटी निर्णय गर्न खोजेको भन्दै वडाध्यक्षहरुले आरोप लगाउंदै माइन्युट च्यातेपछि विवाद उत्पन्न भएको हो ।

मेयरको विरोधमा मंगलबारदेखि धर्नामा बसेका वडाध्यक्षहरुले बुधबार पनि सभाको विरोध गर्दै धर्ना दिएका छन ।

धर्नाका कारण उपमहानगरपालिका क्षेत्रमा बुधबार दिनभरि तनावग्रस्त बनेको छ ।

मेयर साहले कसैलाई थाहै नदिई योजना बनाएर बजेट बाँडफाँड गरेको आरोप लगाउँदै वडाध्यक्षहरु विरोधमा उत्रिएका हुन ।

गणपुरक संख्या नै पुग्न नसकेपछि नगर सभा अघि बढ्न सकेको छैन ।

कार्यपालिकाका १ सय ३३ सदस्य मध्ये ७४ सदस्य आन्दोलनकारीको पक्षमा रहेका छन् ।