Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


‘पदाधिकारीविहीन विश्वविद्यालयमा तुरुन्त पदाधिकारी नियुक्त गर’


0
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघले लामो समयदेखि विभिन्न विश्वविद्यालय पदाधिकारीविहिन भएकाले तत्काल पदाधिकारी नियुक्त गर्न सरकारसँग माग गरेको छ ।

नेविसंघले पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयमा भिसि, डिन र प्राध्यापकहरु लामो समयदेखि खाली रहेकाले तत्काल नियुक्ति र पदपुर्ति गर्न माग गरेको हो ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयमा पदाधिकारी, डिन, क्याम्पस प्रमुख र पदाधिकारी नियुक्त गर्दा वरिष्ठता, प्राज्ञिकताका आधारमा गर्नुपर्नेमा नेकपाको सिफारिसको आधारमा सबै प्राज्ञिक मर्यादालाई कुल्चिदै गरेको नियुक्तिको घोेर भत्र्सना गरिएको छ ।

नेविसंघले आइओममा गरिएको डिन नियुक्ति तुरुन्त खारेज गर्न वा सच्याउन पनि सरकारलाई खबरदारी गरेको छ ।

आइओएममा प्रधानमन्त्रीका निजि चिकित्सक डा. दिव्या सिंह नियुक्त भएकी थिइन् । उनी भन्दा वरिष्ठ हुँदाहुँदै प्रधानमन्त्रीको निजि चिकित्सक भएका कारण उनलाई डिनमा नियुक्त गरेर वरिष्ठताको खिल्ली उठाएको नेविसंघको ठहर छ ।

साथै नेविसंघले पूर्वाञ्चल विश्वविद्यालयमा विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था गर्न पनि माग गरेको छ ।

शैक्षिक क्षेत्रमा व्याप्त बेथिति अन्त्य गर्न राजनीतिक हस्तक्षेप, भागबण्डा बन्द गर्दै स्वच्छ, शैक्षिक, मर्यादित र प्राज्ञिक वातावरण कायम गर्न नेविसंघले दबाब दिइराख्ने नेविसंघ महामन्त्री बल्देव तिमल्सिनाले बताउनुभयो ।

अर्का महामन्त्री दिपक भट्टराईले विश्वविद्यालयहरुमा देखिएको व्यथिति सरकारले नै भित्र्याएको र नेकपाकरण गर्दै गएकाले यसको भण्डाफोर गर्न नेविसंघले शसक्त रुपमा तयारी गरिरहेको बताउनुभयो । उहाँले स्वतन्त्र, प्राज्ञिक र मर्यादित रुपमा नियुक्तीहरु गरिनुपर्ने बताउनुभयो ।