गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ सय २९ पुग्यो • Image Khabar Image Khabar


गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ सय २९ पुग्यो


Imagekhabar
१० असार २०७७, बुधबार १०:१५

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ सय २९ पुग्यो

प्रदिप पौडेल/ईमेज

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणको नतिजा अनुसार बुधबार बिहान प्रदेशका कास्कीसहित ८ जिल्लामा ३२ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो विवरण अनुसार लमजुङमा ५, पर्वतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखा, तनहुँ र १ १ जनामा कोरोना पुष्टि भएको छ ।

बाग्लुङमा ९, नवलपुरमा थप ३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लमजुङको मध्यनेपाल नगरपालिकाका ४ पुरुष, बेसिसहर नपाका १ महिला, पर्वतको कुस्माका १ महिला, स्याङ्जाको आँधिखोला र अर्जुन चौपारी गापामा १/१ पुरुष, बालिङमा ३० महिने बालिकासहित २४ वर्षे १ महिला र ३ पुरुषमा कोरोना पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरका १ पुरुष र २ महिला, मादी गाउँपालिकामा १ पुरुष र १ महिलामा कोरोना देखिएको हो ।

गोरखाको गण्डकी गाउँपालिकाका १ पुरुष, बागलुङको बरेङ गाउँपालिकामा ८ र जैमिनी गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ ।

तनहुँको देवघाट गाउँपालिकाका १ पुरुष, नवलपुरको गैंडाकोट नपाका ३ महिलामा समेत कोरोना देखिएको छ ।

पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्