राजदुवाली –सुखानी –खुदुनाबारी सडक ६० वर्षपछि कालोपत्रे शुरु • Image Khabar Image Khabar


राजदुवाली –सुखानी –खुदुनाबारी सडक ६० वर्षपछि कालोपत्रे शुरु


Imagekhabar
१० असार २०७७, बुधबार ०९:४४

राजदुवाली –सुखानी –खुदुनाबारी सडक ६० वर्षपछि कालोपत्रे शुरु

इलाम । इलाम र झापा जोड्ने राजदुवाली –सुखानी –खुदुनाबारी सडकखण्ड ६ दशकपछि कालोपत्रे शुरु भएको छ ।

इलाम झापा जोड्ने छोटो दुरीमा पार गर्न सकिने सडक एक नम्बर प्रदेश सरकारबाट कालोपत्रे गरीदै छ ।

सडक कालोपत्रे थालिएपछि स्थानीय हर्षित भएका छन् । सडक कालोपत्रे गर्न हिम्डुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालिले ४५ करोड ४७ लाख रुपैयामा ठेक्का पाएको छ ।

सम्झौताअनुसार २०७९ असार मसान्तसम्म कालोपत्रे गरिसक्नुपर्ने छ । सात मिटर चौडा रहने कालोपत्रे पहिलो चरणमा सुखानीदेखि लोदिया बगैंचासेरोसम्म १४ दशमलव ७ किलोमिटर सम्पन्न गरिनेछ ।

६ दशकसम्म इलामको दक्षिण क्षेत्रका बासिन्दाले इलाम सदरमुकाम र झापा जान भोग्नुपर्ने सास्ती सडक कालोपत्रे भएपछि अन्त्य हुनेछ ।

मेचीराजमार्ग भन्दा २५ किलोमिटर छोटो सडक कालोपत्रे भएपछि चुरे क्षेत्रमा उत्पादित कृषि उपज सहजै बजार पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्