काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई २०१९ को लोकसभा निर्वाचनमा विजय प्राप्त गरेकामा बधाइ दिएका छन् ।
उनले बिहीबार अपराह्न १२ बजेर ३८ मिनेट जाँदा ट्वीट गर्दै बधाइ सन्देश दिएका हुन् ।
अबपनि सफलता मिल्ने आशा गर्दै आफूले उनीसँग निकट रही काम गर्ने इच्छासमेत व्यक्त गरेका छन् ।
कुल ५४२ संसदीय क्षेत्रमा मोदीको दल भारतीय जनता पार्टी र उसका सहयोगी दलको राष्ट्रिय गठबन्धनले स्पस्ट बहुमत हासिल गर्ने देखिएको छ ।
मतगणनाको अन्तिम नतिजा अब केही छिनमै आउँदैछ । रासस
I extend warmest congratulations to Prime Minister @narendramodi ji for landslide election victory in the Lok Sabha Elections 2019. I wish all success ahead. I look forward to working closely with you. #PMOIndia
— K P Sharma Oli (@kpsharmaoli) May 23, 2019









प्रतिक्रिया दिनुहोस्