
काठमाडौं, असार ९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट चोरी भएका ३० वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
महाशाखाबाट सादा पोसाकमा खटाइएको ट्राफिक प्रहरीको टोलीले ‘लकडाउन’को समयमा खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।
महाशाखाले चालु आर्थिक वर्षमा ३०८ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको र ३६ जनालाई चोरीमा संलग्नको कसुरमा पक्राउ गरी कारबाही गरिसकेको पनि महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्