Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


एन्टिबायोटिक र ग्यास्ट्रिक कम गर्ने औषधिमा अनेक कैफियत


0
Shares

काठमाडौं, जेठ ९ । बजारमा पाइने एन्टिबायोटिक र ग्यास्ट्रिक कम गर्न प्रयोग हुने औषधिमा कैफियत भेटिएको छ ।

ती औषधिको नमूना परीक्षणबाट कैफियत देखिएको औषधि व्यवस्था विभागले जनाएको छ । एन्टिबायोटिक दुखाइ कम गर्नका लागि प्रयोग गरिन्छ ।

नेपाली बजारमा बिक्री भइरहेका ९० प्रकारका औषधिको नमुना फेल भएको पाइएको छ ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म संकलन गरिएका ८४७ नमुनामध्ये ८४३ वटा औषधिको नमुना परीक्षण गर्दा ९० वटामा कैफियत देखिएको राष्ट्रिय औषधि प्रयोगशालाका वरिष्ठ गुणस्तर नियन्त्रक शैलेशकुमार झाले बताए ।

ती औषधिको नमुना परीक्षणका क्रममा औषधिको मात्रा, घुल्ने क्षमता, फ्रियाबिलिटी टेस्टलगायतमा कमी देखिएको थियो । –राजधानी दैनिकबाट