Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


कोरोना नियन्त्रणमा सरकारका सबै अंग लाचार छन् : अध्यक्ष जोशी


0
Shares

काठमाडौं, असार ८ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना नियन्त्रणमा केन्द्र सरकार पूर्ण असफल भएपनि स्थानीय सरकारहरुको क्षमता अनुसारको कार्यसम्पादनले जनतामा सरकार छ भन्ने अनुभुति दिएको बताएको छ ।

प्रतिष्ठानले स्थानीय सरकारहरुले आगामी वर्षको बजेट ल्याउँदा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्रथाामिकता दिनुपर्ने अध्ययन सहितको निष्कर्ष निकालेको छ ।

प्रतिष्ठान अध्ययक्ष नविन्द्रराज जोशीले सरकारका सबै अंग कोरोना नियन्त्रणमा लाचार बनिरहँदा स्थानीय सरकारहरुले समिति स्रोत साधनको प्रयोग गरेर उल्लेखनीय काम गरेको बताए ।

सोमबार राजधानी काठमाडौंमा विज्ञसमूहसँग छलफल गरेर प्रतिष्ठानले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष जोशीले स्थानीय तहहरुले स्वास्थ्य सुरक्षाको चुनौती, राहात कार्यक्रम, रोजगारी सृजना लगायतका क्षेत्रमा तत्तकाल ठोस कार्यक्रम गर्न बजेटमार्फत काम गर्नुपर्ने बताए ।

स्थानीय तहहरुलाई कर संकलनका उपायहरु सुझाउँदै स्थानीय विकास परियोजनाहरुलाई सम्पादन गर्ने साथै तथ्यांक संकलन र अभिलेखिकरणमा पनि जोड दिन प्रतिष्ठानले सुझाव दिएको छ ।

सोही कार्यक्रममा नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव सुधा शर्माले डेंगी मलेरिया लगायत रोगको समस्या दिन प्रतिप्रतिदिन बढेको साथै खोप अभावका कारण अन्य रोगीहरुको संख्या बढेकोतर्फ चिन्ता प्रकट गरे ।