
लक्ष्मीप्रसाद सापकोटा (इमेज)
पर्वत, असार ८ । पर्वत जिल्ला अस्पतालमा कार्यरत् थप एकजना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।
योसँगै पर्वतमा कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या सात पुगेको छ ।
पर्वत कोरोना अस्पतालमा कार्यरत् स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको पर्वत अस्पतालका डा. शिशिर देवकोटाले जानकारी दिए ।
पर्वत अस्पतालका चिकित्सकहरुमा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा रहेका ८१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
त्यसमध्ये ७० जनाको परीक्षण रिपोर्ट सार्वजनिक भएको छ । जसमध्ये तीनजनामा संक्रमण पुष्टि भएको छ । अब ११ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
जिल्ला अस्पतालका पाँचजना र उनीहरुको सम्पर्कमा आएका दुई स्वास्थ्यकर्मीसहित तीनजनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै पर्वतमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ । जसमध्ये आठजना ‘डिस्चार्ज’ भइसकेका छन् ।
यसैबीच, पर्वत अस्पतालभित्र रहेको क्यान्टिन पनि ‘सिल’ गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्