
बागलुङ, असार ८ । बागलुङ बजारमा पानीको पाईप पहिरोले बगाउँदा खानेपानीको हाहाकार भएको छ ।
अविरल वर्षाको कारण आएको पहिरोले भुदी खोला मुहान, दोबिल्ला र रेश जिरेतीमा पानीको पाईप बगाएको हो ।
मर्मत कार्य जारी रहेपनि पानी वितरण नियमित हुन अझ केही दिन लाग्ने बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्