डडेल्धुरामा विद्यार्थीको प्रदर्शन • Image Khabar Image Khabar


डडेल्धुरामा विद्यार्थीको प्रदर्शन


Imagekhabar
८ असार २०७७, सोमबार १४:५९

डडेल्धुरामा विद्यार्थीको प्रदर्शन

डडेल्धुरा, असार ८ । डडेल्धुरामा क्वारेन्टिनहरु व्यवस्थित नभएको, पिसिआर परीक्षणको रिपोर्टमा आउन ढिलाई गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।

संघीय सरकारदेखि स्थानीय सरकारसम्मले ठूलो रकम खर्च गरे पनि स्थिति भयावह बन्दै गएको उनीहरुको भनाई छ ।

स्थानीय तहहरुले कोरोनाका लागि भएको खर्च पारदर्शी गर्न नसकेको भन्दै उनीहरुले एक घण्टा सडकजाम पनि गरे ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले उपचार प्रणालीलाई विश्वसनिय बनाउन पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्