३० असार २०८२, सोमबार | Tue Jul 15 2025


सुनको मूल्यमा उच्च बृद्धि, प्रतितोला ९१ हजार रुपैयाँ


0
Shares

काठमाडौं, असार ८ । सुनको मूल्य तोलामा ४ सयले बढेर ९१ हजार रुपैया पुगेको छ ।

नेपाल सुनचाँची व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा ४ सयले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा ४ सयले बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलमा ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।