
काठमाडौं । सिन्धुपाल्चोकमा थप दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुनकोशी गाउँपालिकाको महिला सिर्जनशीलको भवनमा रहेको क्षेत्रीय क्वारेन्टाइनमा बसेका दुई महिलामा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत चापागाईले जानकारी दिए ।
बाह्रबिसे नगरपालिका ७ की ३९ वर्षीय महिला र बलेफि गाउँपालिका ८ की २४ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो ।
गत जेठ २९ गते कुवेत र भारतबाट आएर क्षेत्रीय क्वारेन्टाइनमा बस्दै आएका उनीहरुको असार ६ गते स्वाब संकलन गरेर परीक्षणका लागि टेकु प्रयोगशाला काठमाडौं पठाइएको थियो ।
आज आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको चापागाईले बताए । यो सँगै सिन्धुपाल्चोकमा संक्रमितको संख्या २९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्