२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सुदुरपश्चिममा थपिए ७६ जना कोरोना संक्रमित


0
Shares

कैलाली, असार ७ । सुदूरपश्चिममा आइतबार ७६ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा ४३ र काठमाडौंमा भएको परीक्षणमा ३३ गरी ७६ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौंमा भएको परीक्षणमा डोटीका दुई महिला, १४ पुरुष गरी १६ जना, कैलालीका तीन पुरुष, डडेल्धुरामा तीन महिला र ११ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो ।

यता धनगढीस्थित पशु अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी गराए ।

आइतबार थपिएका मध्ये सबैभन्दा बढि कैलालीका २९ जना रहेको श्रेष्ठले जानकारी दिए ।

यस्तै डोटीका पाँच जना, कञ्चनपुरका तीन जना बाजुरा, डडेल्धुरा र बैतडीका दुई र दुई जना रहेका छन् ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या १ हजार २४ पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका दुई सय ६१, डडेल्धुरामा १ सय ८६, बैतडीमा एक सय ४२, डोटीमा एक सय ५४, कञ्चनपुरमा एक सय, अछामका ७६, बाजुराका ७२, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ ।

पुष्टि भएका पाँच जनाको मृत्यु भइसकेको छ भने एक सय ३४ जना निको भएर घर फर्किसकेका छन् ।