Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


राज्य व्यवस्था समितिमा नागरिकताका विषयमा सहमति नभए ‘नोट अफ डिसेन्ट’ लेख्ने काँग्रेसको तयारी


0
Shares

congress demend

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशी महिलाले विवाहलगत्तै अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने अहिलेकै प्रावधानको पक्षमा अडान दोहोर्‍याएको छ ।

राज्य व्यवस्था समितिमा पार्टीका तर्फका सदस्यहरुसहितको पदाधिकारी बैठकमा कांग्रेसले यस्तो अडान दोहोर्‍याएको हो ।

कांग्रेसले आफ्नो माग सम्बोधन नभए लिखित असहमति नोट अफ डिसेन्ट लेख्ने तयारी समेत गरेको हो ।

कांग्रेस सांसद दिलेन्द्र वडुले नागरिकता विधेयकमा विवाद नगरी दलहरुबीच कसरी सर्वसम्मत गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको बताए ।

हिजो मात्र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो ।

मधेसवादी दलहरुले अहिलेकै प्रावधान अनुसार विवाहलगत्तै अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राख्नुपर्ने अडानमा छन् ।

विधेयक लामो समयदेखि प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेपनि सहमति जुट्न सकेको छैन ।