१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


आमनेसामने भएका भारत र चीनलाई वार्ताका लागि सघाउन तयार छौंः ट्रम्प


0
Shares

एजेन्सी, असार ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीचको सीमा समस्या जटिल मोडमा पुगेको भन्दै आफूले ध्यान दिइरहेको बताएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारहरुसँग उनले यस विषयमा भारत र चीन दुबैसँग अमेरिकाले कुराकानी गरिरहेको दाबी पनि गरे ।

उनले भने, ‘अहिलेको अवस्था अति कठीन छ । हामीले भारतसँग कुरा गरिरहेका छौँ । चीनसँग पनि कुरा भइरहेको छ । यी दुई देशबीच हाल ठूलो समस्या छ । दुबै देश आमनेसामने भएका छन् । अगडि के हुन्छ त्यसमा हाम्रो नजर छ । हामीले अहिलेको परिस्थितिमा सहयोग गर्ने प्रयास गरिरहेका छौँ ।’

गत सोमबार राति लद्दाखको गलवान उपत्यकामा दुई देशका सेनाबीच भएको भिडन्तमा भारतका एक अधिकृतसहित २० सैनिक मारिएका थिए ।

चीनले आफूतर्फको हताहतीको कुनै जानकारी नदिए पनि भारतले भने चीनका ४० सेनिक मारिएको दावी गर्दै आएको छ ।