राष्ट्रिय एकताको वातावरण छिट्टै बन्छ : दाहाल • Image Khabar Image Khabar


राष्ट्रिय एकताको वातावरण छिट्टै बन्छ : दाहाल


Imagekhabar
२ चैत्र २०७२, मंगलवार १२:५५

राष्ट्रिय एकताको वातावरण छिट्टै बन्छ : दाहाल

दोलखा, चैत २ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनका लागि छिट्टै राष्ट्रिय एकताको वातावरण बन्ने बताएका छन् ।

मंगलबार दोखलामा हाम्रो रेडियोको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागि सबैपक्ष एकताबद्ध हुनुको विकल्प नरहेकोमा जोड दिए ।

अध्यक्ष दाहालले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम द्रुतगतिमा अघि बढाउन सरकारसँग छलफल गर्ने पनि बताए ।

दाहालले लालपूर्जा नभएका दोलखाका भूकम्प प्रभावितहरुलाई आवास अनुदान नदिइएको भन्ने गुनासोबारे सम्बन्धित निकायहरुसँग छलफल गर्ने पनि बताए ।

वार्षिकोत्सवमा सन्चारकर्मीहरु राजेन्द्र श्रेष्ठ र सिर्जना खड्कालाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्