Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


चीनसँग व्यापारिक सम्झौता गर्न चुुरे भावरको सुझाव


0
Shares

काठमाडौं, चैत ३ । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा इन्धन आयातका साथै अन्य व्यापारिक सम्झौता गर्न सुझाव दिएको छ ।

प्रधानमन्त्री ओली यही चैत ७ देखि १४ गतेसम्म चीनको भ्रमणमा जाँदै छन् । मधेसी दलले भ्रमणका समयमा महत्वपूर्ण सम्झौता नगर्न आग्रह गरिरहेका बेला चुरे भावरले भने प्रधानमन्त्रीले आफ्नो मुलुकको स्वार्थ, राष्ट्रियता, स्वाधीनताका साथै वाणिज्य तथा पारवहनको विषयलाई ध्यान दिई अगाडि बढ्नु दुई मुलुकको हित र अहिलेको प्रमुख आवश्यकता भएको स्पष्ट पारेको छ ।

सो पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले प्रेस विज्ञप्ति जारी गरी नेपाली भूमि लिपुलेकमा चीन र भारतले नाका खोल्न गरेको सम्झौताका विषयमा पनि कुरा उठाउन आग्रह गरेका छन् । (रासस)