पाँच वर्षभित्र १० लाखलाई रोजगारी : उद्योगमन्त्री • Image Khabar Image Khabar


पाँच वर्षभित्र १० लाखलाई रोजगारी : उद्योगमन्त्री


Imagekhabar
३ चैत्र २०७२, बुधबार ०९:३८

पाँच वर्षभित्र १० लाखलाई रोजगारी : उद्योगमन्त्री

काठमाडौं, चैत ३ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले उद्योग मन्त्रालयले दुई वर्षभित्र देशमा औद्योगिक क्षेत्रको विकास गरी सक्ने योजना बनाएको बताएका छन् ।

रिपोर्टर्स् क्लबले बुधबार राजधानीमा गरेको कार्यक्रममा उनले प्रत्येक प्रदेशमा एक हजार विघामा औद्योगिक क्षेत्र स्थापन गर्ने योजनाअनुरुप हाल झापा, हेटौंडा रुपन्देही जिल्लामा औद्योगिक क्षेत्र स्थापना गर्न काम अगाडि बढाइएको बताए ।

उद्योगमन्त्री पाण्डेले साना, ठूला र मझौला उद्योगहरु स्थापना गर्ने र पाँच वर्षभित्रमा १० लाख मानिसलाई रोजगारी दिने योजनाअनुरुप काम अघि बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्