Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


गगन थापाको ठहर– प्रधानमन्त्री र सत्तारुढ दलबाटै संघीयता धरापमा


0
Shares

पाल्पा, जेठ ८ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेकपाबाटै संघीयता धरापमा पर्दै गएको बताएका छन् ।

नेपाल महिला संघ पाल्पाको आयोजना तानसेनमा भएको जागरण सभालाई मंगलबार सम्बोधन गर्दै थापाले संविधानविपरित प्रधानमन्त्री ओलीले प्रदेश तथा स्थानीय तहका अधिकार कटौती गर्दै गएको आरोप लगाए । उनले संविधानलाई असफल बनाउँदै संघीयता नै धरापमा पार्ने काममा प्रधानमन्त्री उद्दत रहेको दाबी पनि गरे ।

दुईतिहाइको बहुमतको सरकारका प्रधानमन्त्री ओलीले सर्वाेच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, मानवअधिकार आयोग, सेना, प्रेस काउन्सिल जस्ता निकायमा नियम कानुन नै संशोधन गरी सर्वसत्तावाद लाद्ने काम गरिरहेको उनको आरोप थियो ।