१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


उत्तर कोरियाली नेता किमको पत्र सार्वजनिक गरे ट्रम्पले


0
Shares

वासिंटन, असार २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको पत्र सार्वजनिक गरेका छन् ।

पत्रमा किमले अमेरिकासँग द्विपक्षीय सम्बन्धमा ‘नयाँ भविष्य’ को अपेक्षा उल्लेख गरेका छन् । ६ जुलाइमा लेखिएको सो पत्रलाई अमेरिकी राष्ट्रपति ट्रम्पले ‘धेरै राम्रो पत्र’ भन्दै सार्वजनिक गरेका हुन् ।

पत्रमा उत्तर कोरियाकातर्फबाट परमाणु निशस्त्रीकरणका प्रयासबारे उल्लेख गरिएको छैन । अघिल्लो महिना ट्रम्प र किमबीच सिंगापुरमा भएको शिखर वार्तामा भने उत्तर कोरियाको परमाणु निशस्त्रीकरण मुद्दा नै प्राथमिकतामा थियो ।

ट्रम्पले कोरियाली भाषाको सो पत्रको अंग्रेजी अनुवाद पनि ट्वीट गरेका छन् । (एजेन्सी)