Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


जर्मनीमा नेपाली नाटक मञ्चन हुँदा तालीको गुञ्जयमान


0
Shares

काठमाडौं, चैत ९ । सर्वनामको नाटक मुक्ति जर्मनीको ३२ औं अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन भएको छ । नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै नाटक ‘मुक्ती’ मञ्चन गरिएको हो ।

नाटक जर्मनीको फ्रेडिकसाफे स्थित मानेजेन थिएटरमा मञ्चन थियो । महिला माथी हुने विभिन्न हिसांमा आधारित बनाएर तयार पारीएको नाटक मुक्ति मञ्चन पश्चात करिव पाँच मिनेट तालीले हल गुञ्जयमान भएको थियो ।

सवादंविहीन संगीत र हाउभावबाट मात्रको प्रस्तुती गरिएको नाटकमा जमर्नीका दर्शकले आफ्नो जिवनमा र समाजमा समेत मेल खाने नाटक भन्दै कलाकार र निर्देशकको प्रशंसा गरेका थिए ।

करिव एकघण्टा लामो नाटक पश्चात प्रतिक्रिया दिदैं निर्देशक अशेष मल्लले नेपाली रंगमञ्च समृद्घ बन्दै गरेकोे दर्शकको प्रतिक्रिया वाट महशुस भएको र नेपाली रंगमञ्चले विश्वसामु ठाडो शिर पारेर हेर्ने हैसियत वनाएको भान भएको बताए

साथै नाटक मञ्चन पश्चात भएको अन्तर्रक्रियामा जमर्नीका रंगकर्मीहरुले भुकम्प पश्चात नेपालमा रंगमञ्चको स्थिती के कस्तो रह्यो अहिले को स्थिती के कस्तो छ जस्ता प्रश्नहरु गरेका थिए ।

करिव एक महिनाको कार्यशाला पश्चात तयार गरिएको उक्त नाटकमा नारीमाथि हुने विभिन्न हिसांलाई विम्वबाट प्रस्तुत गरिएको थियो ।

सर्वनामका अशेष मल्लको लेखन तथा निर्देशन रहेको नाटक मा श्याम खड्का, दिपेश पौडेल, साधना भण्डारी र अभिनीत मल्लको अभिनय रहेको थियो ।