नेपाल–चीन उद्योग वाणिज्य संघ र ‘सीसीपीआइटी’बीच समझदारी • Image Khabar Image Khabar


नेपाल–चीन उद्योग वाणिज्य संघ र ‘सीसीपीआइटी’बीच समझदारी


Imagekhabar
१० चैत्र २०७२, बुधबार १४:१२

नेपाल–चीन उद्योग वाणिज्य संघ र ‘सीसीपीआइटी’बीच समझदारी

काठमाडौं, चैत १० । नेपाल–चीन उद्योग वाणिज्य संघ र ‘सीसीपीआइटी’बीच द्विपक्षीय आर्थिक तथा व्यापारिक सहयोग आदान–प्रदान गर्नेसम्बन्धी समझदारी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा रहेका संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले संघका तर्फबाट ‘सीसीपीआइटी’सँग समझदारी गरेका हुन् ।

द्विपक्षीय व्यापारिक सूचनाको आदान–प्रदान, व्यापारिक प्रतिनिधिमन्डलको आदान–प्रदान, व्यापार मेलाहरुमा सहभागिता, लगानीका सम्भावित क्षेत्रहरुबारे एक–अर्कालाई जानकारी दिने–लिने, दुबै देशमा आयोजना हुने गोष्ठी, सेमिनारहरुमा सहभागितालगायतका विषयमा समझदारी भएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्