
काठमाडौं, चैत ११ । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपाल बार एसोसिएसन निर्वाचन समितिले यही चैत २० गते हुने बार निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
विहीबार पत्रकार सम्मेलन गरी समितिले निर्वाचनका लागि देशका ३३ स्थानमा निर्वाचन केन्द्र निर्धारण गरिएको जनाएको छ ।
बारको नयाँ नेतृत्व चयनका लागि ९ हजार ५ सय २२ मतदाता छन् । २५ सदस्यीय कार्यसमितिका लागि ७१ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिका प्रमुख हरिशंकर निरौलाकाअनुसार चैत २० गते बिहान ८ देखि ४ बजेसम्म मतदानको समय तोकिएको छ ।
बारको नयाँ नेतृत्वका लागि प्रजातान्त्रिक समूहबाट शेरबहादुर केसी र प्रगितिशील समूहबाट विजयकान्त मैनालीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्