क्षेत्रपाटीस्थित पार्टी प्यालेसको जुवाखालमा प्रहरीको छापा, ८ जुवाडे पक्राउ • Image Khabar Image Khabar


क्षेत्रपाटीस्थित पार्टी प्यालेसको जुवाखालमा प्रहरीको छापा, ८ जुवाडे पक्राउ


Imagekhabar
११ चैत्र २०७२, बिहीबार १३:३०

क्षेत्रपाटीस्थित पार्टी प्यालेसको जुवाखालमा प्रहरीको छापा, ८ जुवाडे पक्राउ

काठमाडौं, चैत ११ । काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले आठजना जुवाडेलाई समातेको छ ।

क्षेत्रपाटीस्थित ‘हजुरको पार्टी प्यालेस’को जुवाखालमा छापा मारी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । खालबाट २ लाख २७ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

उक्त पार्टी प्यालेसले नियमितरुपमै जुवा खेलाउने गरेको आशंकामा पार्टी प्यालेसविरुद्ध पनि अनुसन्धान सुरु गरेको पनि प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सन्चालकहरु विन्देश्वर श्रेष्ठ, रामबहादुर आचार्य, रामभक्त महर्जन, गोविन्द महर्जन, शंकर कृष्ण डंगोल, राजेन शाक्य र रामकुमार राई रहेका छन् ।

प्रहरीले सो खालमा करिब ४० जना खेलिरहेको अवस्थामा छापामार्न जाँदा अरु फरार रहेको र ८ जनामात्र पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्