शेयर बजारमा सुधार जारी, नेप्सेले साढे १३ सयको नेटो काट्यो • Image Khabar Image Khabar


शेयर बजारमा सुधार जारी, नेप्सेले साढे १३ सयको नेटो काट्यो


Imagekhabar
११ चैत्र २०७२, बिहीबार १३:४९

शेयर बजारमा सुधार जारी, नेप्सेले साढे १३ सयको नेटो काट्यो

काठमाडौं, चैत ११ । साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार आयो ।

बजार परिसूचक नेप्सेले साढे १३ सयको नेटो काटेर उचाइको नयाँ रेकर्ड कायम गर्यो ।

उतार–चढाबबीच नेप्से ११ अंक बढीले सकारात्मक रही १३ सय ५७ कायम भयो । वाणिज्य बैंक र अन्य समूहमा सुधार आएसँगै नेप्से उल्लेख्यदरले बढेको हो ।

अन्य समूह २३ अंकले बढ्यो भने वाणिज्य बैंक समूह १८ अंकले । उत्पादनमूलक र विकास बैंक समूह मात्र हरियो रहे ।

बीमा, जलविद्युत् र वित्त समूह भने ऋणात्मक रहे । बीमा समूहमा ४३ अंकको गिरावट आयो भने जलविद्युत् र वित्त समूह सामान्य अंकले ओरालो लागेका हुन् । कारोबार परिमाण यसदिन पनि औसत् दिनका तुलनामा उच्च नै रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३१ कम्पनीको १३ लाख ३५ हजार ८५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्