ब्रसेल्समा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप • Image Khabar Image Khabar


ब्रसेल्समा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप


Imagekhabar
१५ चैत्र २०७२, सोमबार ०६:५२

ब्रसेल्समा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप

काठमाडौं, चैत १५ । बेल्जियमको राजधानी ब्रसेल्समा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ ।

शहरको मुख्य चोकमा जम्मा भएका प्रदर्शनकारीले ब्रसेल्स आक्रमणमा निधन भएकाहरुप्रति श्रद्धान्जली दिनबाट मुस्लिम महिलालाई रोक्न कोशिस गरेका थिए ।

उनीहरुले नाजी शैलीको सलाम गर्दै नारावाजी समेत गरेका थिए । दंगा प्रहरीले उनीहरुलाई तितरवितर गर्न गरेको प्रयास पछि झडप सुरु भएको थियो ।

यता प्रहरीले गत मंगलवार भएको आक्रमणका दोषीलाई खोज्ने क्रममा विभिन्न १३ स्थानमा छापा मारेको छ ।

धेरै जनालाई हिरासतमा लिएर सोधपुछ भइरहेको छ । फ्रान्समा आक्रमण गर्ने तयारीमा रहेको आशंकामा एक व्यक्तिलाई पनि पक्राउ गरिएको जनाइएको छ । (एजेन्सी)

 

प्रतिक्रिया दिनुहोस्