
यादव आचार्य
बर्दिया, चैत १६ । बेलायती राजकुमार ह्यारी नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पूरा भएको अवसर पारेर नेपाल भ्रमणमा आए ।
नेपाल भ्रमणमा रहँदा राजकुमार ह्यारी विभिन्न सामाजिक काममासमेत सक्रिय भए ।
राजकुमार ह्यारीको स्वयंसेवी भावना देखेर नेपालीहरुसमेत चकित भएका छन् ।
नेपाल–बेलायत कुटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्षगाँठको अवसरमा आपसी सम्बन्ध सुदृढ पार्न बेलायती महारानीका प्रतिनिधिकारुपमा पाँचदिने औपचारिक भ्रमणमा चैत ६ गते काठमाडौं आएका राजकुमार ह्यारीले आफ्नो औपचारिक भ्रमण सकिएपछि पुनः ६ दिन अनौपचारिक भ्रमणका लागि समय थप गरे ।
नेपालमा ओर्लिएपछि एकदिन पनि विश्राम नलिएका ह्यारी नेपालका संस्कृति, पर्यटन, जल तथा पहाड यात्रामा रमाए ।
उनलाई यत्तिले मात्र पुगेन । सरकारले पुनःस्थापना गर्न नसकेका भूकम्प प्रभावित क्षेत्रका विद्यालय भवनहरु निर्माणमा स्वयंसेवीकारुपमा काम गरेर दिन बिताए ।
प्रभावितका पीडामा मल्हम लगाएका राजकुमार ह्यारी यतिखेर नेपालीका माझ लोकप्रिय बनेका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्