१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


पूर्वपत्नी भेट्न विमान नै अपहरण !


0
Shares

काठमाडौं, चैत १६ । इजिप्टमा अपहरणमा परेको इजिप्टएअरको फ्लाइट ‘एमएस १८१’ को एअरबस ३२० विमानका रहेका अधिकांश यात्रु रिहा भएका छन् ।

८१ जना सवार विमान दक्षिणी साइप्रसको लार्नाका विमानस्थलमा अवतरण गराइएको छ ।

आन्तरिक उडानमा रहेको उक्त विमान मंगलबार अलेक्जेन्ड्रियाबाट राजधानी कायरो जाँदै थियो ।

विमानमा रहेका एकजना यात्रुले विस्फोटक पदार्थ भएको पेटी लगाएको बताएपछि उनको दबाबअनुसार विमान साइप्रसतर्फ मोेडिएको थियो ।

अपहरणकारी इजिप्टसियन नागरिक भएको बताइएको छ । उनले आफ्नी पूर्वपत्नीलाई भेट्न विमान अपहरण गरेको बताएका छन् ।

विमानस्थलको नजिकै गाउँमा रहेकी अपहरणकारीकी पत्नी विमानस्थल गएकी समाचारमा जनाइएको छ ।

साइप्रसका राष्ट्रपति निकोस अनास्तासिआडेसले अपहरण आतंककारी घटना नभएको बताएका छन् ।

चालकदलका सदस्यसहित ४ जना विदेशी यात्रुबाहेक सबै यात्रु रिहा गरिएको बीबीसीले जनाएको छ । लार्काना विमानस्थल बन्द गरिएको छ ।