१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


क्यानडामा निजी विमान दुर्घटना, पूर्वमन्त्रीसहित सात जनाको मृत्यु


0
Shares

काठमाडौं, चैत १७ । क्यानडामा एउटा सानो निजी विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । क्युबेकको पूर्वी तटमा भएको विमान दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

लिस–डे–ला–माडिलिनि विमानस्थलमा भारी हिमपात र हावा चलेका कारण विमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।

विमानमा क्यानडाका पूर्व यातायात मन्त्री जिन लापिरेसहितका उनका परिवारका सदस्यहरु सवार थिए ।

लापिरे क्यानडामा राजनीतिक विश्लेषकका रुपमा काम गर्दै आएका थिए । उनले यसअघि संसद् सदस्यका रुपमा सन् १९७९ देखि १९९३ र २००४ देखि २००७ सम्म काम गरेका थिए । (एजेन्सी)