२ लाख ८३ हजार नक्कली नोटसहित दुईजना पक्राउ • Image Khabar Image Khabar


२ लाख ८३ हजार नक्कली नोटसहित दुईजना पक्राउ


Imagekhabar
१८ चैत्र २०७२, बिहीबार ११:५७

२ लाख ८३ हजार नक्कली नोटसहित दुईजना पक्राउ

दोलखा, चैत १८ । दोलखा प्रहरीले नक्कली नेपाली नोटको कारोबार गर्ने–गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

रौतहटबाट काठमाडौं हुँदै सदरमुकाम चरिकोट पुर्‍याएको अवस्थामा प्रहरीले एक हजारदरका २ लाख ८३ हजार रुपैयाँ नक्कली नोटसहित डुमरिया–१, रौतहटका लोकेन्द्र चौधरी र च्यामा–३, दोलखाका पूर्णबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो ।

विहीबार सार्वजनिक गरिएका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्