सन्चारउद्यमी सिंघानियाको हत्यामा ‘कन्ट्रयाक्ट किलर’, ५ जना सार्वजनिक • Image Khabar Image Khabar


सन्चारउद्यमी सिंघानियाको हत्यामा ‘कन्ट्रयाक्ट किलर’, ५ जना सार्वजनिक


Imagekhabar
१८ चैत्र २०७२, बिहीबार १२:१७

सन्चारउद्यमी सिंघानियाको हत्यामा ‘कन्ट्रयाक्ट किलर’, ५ जना सार्वजनिक

जनकपुर, चैत १८ । सन्चारउद्यमी अरुण सिंघानियाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चन्द्रदीप यादवसहित पाँचजनालाई प्रहरीले विहीबार सार्वजनिक गरेको छ ।

धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी चन्द्रदीप यादवसहित उनका भाइ रविन यादव, कल्याणीदेवी यादव, सुन्देश्वर ठाकुर र रामसुन्दर यादवलाई सार्वजनिक गरेको हो ।

प्रहरीले जनकपुरको वकिल टोलबाट बुधबार बिहान चन्द्रदीपलाई पक्राउ गरेको थियो ।

पत्रकार सम्मेलनमा मध्यमाञ्चल क्षेत्रका प्रहरी नायव महानिरीक्षक पशुपति उपाध्यायले हत्याको अनुसन्धान पूरा भइनसकेको र प्रमुख योजनाकार अझै फरार रहेको जानकारी दिए ।

सिंघानिया हत्यामा ‘कन्ट्रयाक्ट किलर’ प्रयोग भएको प्रहरीले जनाएको छ ।

२०६६ साल फागुन १७ गते होलीको दिन जनकपुरको शिवचोकमा सन्चारउद्यमी सिंघानियाको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्