१२ वर्षीया बालिका बलात्कार गरी भागेका अभियुक्त पक्राउ • Image Khabar Image Khabar


१२ वर्षीया बालिका बलात्कार गरी भागेका अभियुक्त पक्राउ


Imagekhabar
१९ चैत्र २०७२, शुक्रबार १०:३४

१२ वर्षीया बालिका बलात्कार गरी भागेका अभियुक्त पक्राउ

सुनसरी, चैत १९ । स्थानीय एक १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका अभियुक्त धरान–२७ पटनालीका सुजन माझीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

गत फागुन १२ गते बालिकालाई उनको घरमै बलात्कार गरी फरार रहेका माझीलाई प्रहरीले काठमाडौंको बुढानीलकन्ठबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

माझीविरुद्ध जबर्जस्ती करणीअन्तर्गत् मुदा दर्ता गरी शुक्रबारै जिल्ला अदालत सुनसरीबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्