भियतनाममा प्रहरी प्रमुख नयाँ राष्ट्रपति • Image Khabar Image Khabar


भियतनाममा प्रहरी प्रमुख नयाँ राष्ट्रपति


Imagekhabar
२० चैत्र २०७२, शनिबार ०९:२३

भियतनाममा प्रहरी प्रमुख नयाँ राष्ट्रपति

काठमाडौं, चैत २० । भियतनाममा प्रहरी प्रमुख ट्रान दाइ क्वाङले राष्ट्रपति पदको सपथ लिएका छन् ।

गत जनवरीमा सम्पन्न कम्युनिष्ट पार्टीको सम्मेलनले क्वाङलाई राष्ट्रपतिका लागि मनोनय गरेको थियो । उनले संसदमा ९१ प्रतिशतभन्दा बढी मत पाएका थिए ।

५९ वर्षीय क्वाङले सार्वजनिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा कमजोर मानवअधिकारको रेकर्डलाई लिएर पश्चिमा मुलुकहरुले आलोचना गरेका थिए ।

क्वाङको पहिलो काम आगामी महिना अमेरिकी राष्ट्रपति बाराक ओबामालाई स्वागत् गर्नु हुने बताइएको छ ।

भियतनामको राष्ट्रियसभाले वर्तमान उपप्रधानमन्त्रीलाई प्रधानमन्त्रीमा चयन गर्दैैछ । यसअघि सभामुखमा महिला नेतृलाई चयन गरेको थियो ।

एक पार्टी व्यवस्था रहेको भियतनाममा आर्थिक सुधारलाई निरन्तरता दिने विश्वास गरिए पनि मुख्य राजनीतिक सुधारको संकेत भने नदेखिएको बताइन्छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्