कारोबार परिमाण बढ्यो, नेप्से घट्यो • Image Khabar Image Khabar


कारोबार परिमाण बढ्यो, नेप्से घट्यो


Imagekhabar
२० चैत्र २०७२, शनिबार १३:४६

कारोबार परिमाण बढ्यो, नेप्से घट्यो

काठमाडौं, चैत २० । यो साता शेयर बजारमा कारोबार परिमाणमा बृद्धि आयो भने नेप्से परिसूचकमा गिरावट आयो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १४५ कम्पनीहरुको तीन अर्ब ८८ करोड बराबरका ६८ लाख ०६ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका छन् ।

कारोबार रकम गत साताकोभन्दा १३.१६ प्रतिशत बढी हो । गत साता तीन अर्ब ४२ करोड ८९ लाख रुपैयाँ बराबरका ६५ लाख ७६ हजार  कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१ अंक बराबरले घटेर अन्तिम दिन १३५५ मा आइपुग्यो ।

तर, गत साताको विहीबारको तुलनामा भने नेप्से दुई अंकजसोलेमात्र घटेको हो । आइतबार नेप्से २० अंकले उकालो लागेको थियो ।

यो साता सबैभन्दा उच्च जलविद्युत् समूहमा २ सय ६४ अंकको गिरावट आयो । बीमा समूह भने सबैभन्दा उच्च २५ अंकले धनात्मक रह्यो ।

यो साता कारोबार रकम (३४ करोड ७४ लाख रुपैयाँ)को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो ।

एनएलआइसीलाई नेपाल बैंक, सिटिजन्स बैंक, एभरेस्ट बैंक र सानिमा बैंकले क्रमशः पच्छ्याउन पुगे ।

प्रतिक्रिया दिनुहोस्