
चितवन, चैत २२ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले देश विकासका लागि सबै एकजुट हुनुको विकल्प नरहेको बताएका छन् ।
चितवनको रत्ननगरमा सोमबार रत्ननगर उद्योग वाणिज्य संघको १७औं साधारणसभालाई सम्बोधन गर्दै उनले ‘म र मेरो मान्छे’ भन्ने मानसिकता नत्यागेसम्म विकास सम्भव नहुने जिकिर गरे ।
यस्तै कार्यक्रममा पूर्वअर्थमन्त्री एवं सांसद सुरेन्द्र पाण्डेले सबै मिलेर आर्थिक विकासको अभियान थाल्नुपर्ने बताए ।
कार्यक्रममा २०६४ सालमा चितवनको परेवाकोटमा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका तीनजना पत्रकारलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्