नेपाल बिल्डकन तथा दोस्रो नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी चैत २६ देखि • Image Khabar Image Khabar


नेपाल बिल्डकन तथा दोस्रो नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी चैत २६ देखि


Imagekhabar
२३ चैत्र २०७२, मंगलवार ०९:०९

नेपाल बिल्डकन तथा दोस्रो नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी चैत २६ देखि

काठमाडौं, चैत २३ । दोस्रो नेपाल बिल्डकन तथा दोस्रो नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी २०१६ यही चैत २६ गतेदेखि काठमाडौंमा हुँदैछ ।

चार दिनसम्म चल्ने निर्माण तथा संरचना विकाससम्बन्धी सो प्रदर्शनी मिडिया स्पेस सोलुसन्सको आयोजनामा भारतको फ्युचरेक्स ट्रेडफेयर तथा इभेन्ट्ससँगको सहकार्यमा हुन लागेको हो ।

भृकुटीमन्डपमा हुने प्रदर्शनीको मुख्य आकर्षण ‘प्रि–क्याब पेभिलियन’ हुने जनाइएको छ ।

प्रदर्शनीमा आर्किटेक्ट, बिल्डर, इन्जिनियर, योजनाकार तथा ठेकेदारहरुको पनि संलग्नता रहने छ ।

प्रदर्शनीमा संरचना निर्माणका सामग्री, निर्माणका उपकरणहरु, काठ तथा काठबाट बनेका सामग्रीहरुको प्रदर्शनी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्